भोजपुरको गुप्तेश्वरमा काङ्ग्रेस परित्याग गरी ४१ जना नेकपामा प्रवेश


भोजपुर, १६ असोज । भोजपुर नगरपालिका–३ गुप्तेश्वरमा नेपाली काङ्ग्रेस परित्याग गरी ४१ जना नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । आनेकपाको वडा कमिटिको आयोजनामा भएको कार्यक्रम मार्फत उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नव प्रवेसीलाई नेकपा भोजपुरका नेताहरुले स्वागत गरेका छन् । प्रवेश गर्नेहरुमा नारायण बस्नेत, प्रेमकुमार राई, भिमराज राई, सन्तोष राई, सञ्जय राई, शिखर राई, संगम राई, निशल राई, धनीराज राई, टिकाराम श्रेष्ठ, लक्ष्मी भण्डारी, शुसिला चौहान, हरिप्रसाद राई, बाबुराम चौहान, सुजन कार्की, दीपक चौहान, सूर्य विक, सुमन चौहान र भिराज राई ‘ख’ रहेका छन् ।

त्यस्तै आशिष राई, पुर्षोत्तम राई, हेमकुमार राई, विशाल राई, सबिन श्रेष्ठ, रोमन राई, प्रदिप राई, अनुशा राई, टंक पाण्डे, रामजी खड्का, राजिप कार्की, दीपक विष्ट, सुमन पाण्डे, टिकाराम थापा, रविन पाण्डे, रामकुमार खड्का, गणेश खड्का, विष्णु प्रधान, रामकुमार प्रधान इश्वरकुमारी राई र फुलमाया राई सहित ४१ जना रहेको नेकपा भोजपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख मक्कर खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार