भोजपुरमा बुहारी बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ


भोजपुर, ७ असोज । आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक पटक करणी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्ल आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबरजस्ती करणी गरेको पीडित महिलाको उजुरीमा उल्लेख छ । प्रहरीले म्याद थप गरि अनुसन्धान थालेको जनाएको छ । राईलाई प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार