भोजपुरमा ड्युटीमा रहेका प्रहरी हवल्दार कुटिए , एक पक्राउ


भोजपुर, २ असोज ।

ड्युटीमा रहेका प्रहरी हवल्दार माथि ढुङ्गा प्रहार गर्ने एक युवक पक्राउ परेका छन् ।

भोजपुरको पौवादुङमा–५ स्थित अँधेरीघाटमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार कट्वाललाई ढुङ्गा प्रहार गरेको आरोपमा सोही गाउँपालिका–५ लुगुवा बस्ने २६ वर्षीय सांगेन राईलाई प्रहरीले पक्राउ गरेको हो ।घाइते प्रहरी हवल्दारको बिराट मेडिकल कलेज बिराटनगर मोरङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ढुङ्गा प्रहारबाट घाइते हवल्दारको टाउकोमा ६ टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिई आउँदै गरेका राईले रातको समयमा नाकाबाट प्रवेश गर्ने बिषयलाई लिएर प्रहरी हवल्दारलाई ढुङगा प्रहार गरेको प्रहरी भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार