भोजपुरमा एक सातादेखि जारी लकडाउनको अन्त्य


भोजपुर, १ असोज ।  भोजपुरमा लकडाउन हटेको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन समिति र सल्लाहाकार समितिको बैठकले सीमामा कडाइ गर्दै लकडाउन नथप्ने निर्णय गरेको हो । गत २५ गते विहिबार, भोजपुरमा बैकका कर्मचारी थुनुुवा सहित ३ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लामा एक साता लकडाउन गरिएको थियो ।

 

बैठकले तत्काल ब्युटिपार्लर, शैलुन, व्यामशाला, धार्मीकस्थल, शैक्षिक संस्था, कवडहल, क्लव, हाटबजार, सभासम्मेलन, बाहेक अन्य पसलहरु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गरी भिडभाड नगरी सामाजिक दुरी कायम गरी सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।  त्यस्तै असोज १ बाट सरकारी कार्यालय,बैंक तथा वित्तिय संस्था पनि खुल्ने जनाइएको छ । बैठकले लेगुवाघाटबाट भोजपुर प्रवेश गर्ने बाहेक अन्य नाका आगामी असोज ४ गते सम्म बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए।

बैठकले विदेशबाट आउने नागरीकलाई होल्डिङ सेन्टरमा राख्ने र अन्य जिल्लाबाट जिल्लामा आउने व्यक्तिले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार