भोजपुर अदालतका अत्यावश्यक बाहेकका सेवा बन्द


भोजपुर, २६ भदौ । जिल्ला अदालत भोजपुरले अत्यावश्यक बाहेक कार्यालयबाट प्रदान गर्ने सेवा बन्द गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरको भदौ २५ गते बसेको बैठकले भदौ मसान्तसम्म जिल्लालाई पुनः लकडाउन गर्ने निर्णय गरेसंगै अदालतले सेवा बन्द गरेको हो ।जिल्ला बार ईकाई तथा अन्य सरोकारवाला निकायले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्न सुझाब दिएकोले सेवा बन्द गरिएको जिल्ला अदालत भोजपुरका श्रेस्तेदार नवराज कार्कीले जानकारी दिए ।

अदालतबाट बन्दीप्रत्यक्षिकरण रिट निवेदन, पक्राउ पुर्जी अनमती, उजुरी प्रक्राउ पुर्जी स्वीकृत, म्याद थप तथा थुनछेक कार्य बालबालिका सम्वन्धी निवेदन तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिमको निवेदन बाहेक अन्य सम्पूर्ण सेवा असोज २ गते सम्म बन्द गरिएको श्रेस्तेदार कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार