भोजपुरमा पुनः भदौ समान्त सम्म लकडाउन


भोजपुर, २५ भदौ ।  जिल्लामा पुनः भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरिएको छ । दुई दिनको फरकमा बैंकका कर्मचारी, थुनुवा सहित ८ जनामा कोरोना देखिएपछि थप सर्तकताको लागि जिल्लालाई लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरको विहिबार बसेको बैठकले भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला भरका खाद्यन्न र तरकारी पसल विहान ६ बजेबाट ९ बजे सम्म र दिउँसो ३ बजेदेखि ५ बजे सम्म मात्र खोल्न पाउने गरी विहिबारबाट लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।  त्यस्तै जिल्लाका सबै बजार पसल, अत्यावश्यक वाहेका सवारी सधान, निजी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, वित्तिय संस्था, बैंक, सहकारी, होटल लगाएतलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । विहिबार टेम्केमैयुङ गाउँपालिकाका २१ वर्षीय, भोजपुर नगरपालिकाका २८ वर्षीय र षडानन्द नगरपालिकाका २२ वर्षीय पुरुषमा कोरोना रहेको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।

बैंकका कर्मचारीमा कोराना देखिएपछि राष्ट्रिय बाणिज्य भोजपुर साखाको कारोबार बन्द गरिएको छ । बुधबार भोजपुरको षडानन्द नगरपालिकाका–५ जनामा कोरोना पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या २० पुगेको छ भने ६ जना निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार