भोजपुरमा थुनुवा र बैंकका कर्मचारी सहित तीन जनामा कोरोना पुष्टि


भोजपुर,२५ भदौ । भोजपुरमा विहिबार थप तीन जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय बाणिज्य बैक भोजपुर साखाका कर्मचारी, थुनुवा र अरुण गाउँपालिकाको होल्डिङ सेन्टरमा रहेका एक गरि तीन जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । कोरोना पुष्टि भएकाहरुमा टेम्केमैयुङ गाउँपालिकाका २१ वर्षीय, भोजपुर नगरपालिकाका २८ वर्षीय र षडानन्द नगरपालिकाका २२ वर्षीय पुरुषमा कोरोना रहेको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए । बैंकका कर्मचारीमा कोरोना देखिएपछि राष्ट्रिय बाणिज्य भोजपुर साखाको कारोबार भदौ समान्तसम्म बन्द गरिएको उनले बताए । त्यस्तै जिल्लाका सबै बजार पसल, अतिआवश्यक वाहेका सवारी सधान, निजी कार्यालय संघसस्था, शैक्षिक संस्था वित्तिय संस्था, बैंक, सहकारी, होटल लगाएतलाई मसान्त बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार