जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरद्धारा रोग प्रतिरोधात्मक औषधि वितरण


भोजपुर, २१ भदौ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले सुरक्षा कर्मी तथा देउरालीको आईशोलेसनमा रहेका व्यक्तिहरुलाई औषधी वितरण गरेको छ । देउरालीको आईशोलेसनमा रहेका सहित रहेका ९२ जना सुरक्षा कर्मीलाई आयुर्वेधिक औसधि वितरण गरिएको हो । फस्ट रैफल गण भोजपुरका ४२ जना देउराली आईशोलेसनमा रहेका ३ जना र ४७ जना नेपाल प्रहरीलाई औसधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख दिलिप कुमार झाले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड) नियन्त्रण तथा व्यवस्थापन गर्ने उदेश्यले रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेधिक औषधी वितरण गरिएको प्रमुख झाले बताए । आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरद्धारा च्यवनप्राश, अश्वरगन्धा चुर्ण, लगाएतका आयुर्वेदिक औषधी वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार