९४ वर्षको उमेरमा नागरिकता


भोजपुर, १७ भदौ ।
भोजपुर नगरपालिका –२ हेलौछाका स्थानीय बिरबहादुर तामाङले ९४ वर्षको उमेरमा नागरिकता पाएका छन् । नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित  भएका तामाङलाई बुधबार प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले नागरिकता हस्तान्तरण गरेका हुन् ।तामाङलाई वडा कार्यालयको सिफरिस तथा अधिकारकर्मीको पहलमा नागरिकता वितरण गरिएको हो ।

परिवार अन्य सदस्य कोही नभएका तामाङ उमेर हुँदा सम्म दैनिक ज्यालादारीमा काम गर्दै आएको तर अशक्त भएपछि घरमै थलिएर बस्दै आएको स्थानीयले बताएका छन् । बृद्ध अवस्थामा भएपनि नागरिकतामा पाएको भन्दै तामाङले खुसी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार