भोजपुरमा थप तीन जनामा कारोना पुष्टि, संक्रमितलाई देउरालीको आईसोलेसनमा राखियो


भोजपुर,१७ भदौ । भोजपुरमा थप तीनमा कोरोना पोजेटिभ भेटिएको छ । भारतबाट आएर अरुण गाउँपालिका –६ जरायोटारको होल्डिङ एरियामा बसेका उनीहरुको पीसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।  पोजेटिभ हुनेमा ४०/४० वर्षका दुई  जना र ३० वर्षका पुरुषमा कोराना देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

स्थायी ठेगाना भोजपुरको हतुवागढी गाउँपालिकाका रहेका उनीअरु तीनै जना भारतिय  सेना रहेको प्रमुख जिल्ला अधिकारी पुरीले जानकारी दिए । भोजपुरमा हाल सम्मका १२ जनामा कोरोना पुष्टि भएकोमा ६ जना निको भएर घर फर्कीसकेका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए । संक्रमित तीन जनालाई आज(बुधबार) भोजपुरको देउरालीमा रहेको आइसोलेसन सेन्टरमा राखिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार