विप्लव समूहका केन्द्रिय सदस्य चन्द्रबहादुर रिहा भए लगतै, पुनः पक्राउ


भोजपुर, ९ भदौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मध्यपश्चिम ईन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिकमा रिहा भए लगतै पुनः पक्राउ परेका छन् । हातहतियार तथा सांगठानिक अपराध लगाएत चार ओटा मुद्धामा पक्राउ पर्नु भएका चन्दलाई जिल्ला अदालत भोजपुरले रु. ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरेको भएपनि चन्दले धरौटी तिर्न नसकेपछि कारगार चलान गरिएको थियो ।

सर्वोच्च अदातलमा गैर कानुनी रुपमा कारगार चलान भएको भनी बन्दिप्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरु दीपक कार्की र प्रकाशमान शिं राउतको आदेशमा बिना धरौती आज (मंगलबार) रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ । भोजपुरबाट रिहा हुने वितिकै चन्द विरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा सांगठानिक अपराध सम्बन्धि नै मुद्धा रहेकोले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई साउन १५ गते काभ्रेपलान्चोकबाट नियन्त्रण लिएर भोजपुर ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार