कोरोना रोकथामका लागि भोजपुरमा उच्च सर्तकता, सम्पूर्ण हाटबजार बन्द गर्ने निर्णय


भोजपुर, ५ भदौ ।
कोरोना भाइरस(कोभिड–१९)लाई मध्येनजर गर्दै भोजपुर जिल्लामा थप कडाई गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र र सल्लाहकार समितिको बैठकले जिल्लामा कोरोना संक्रमण फैलिन नदिन कडाई गर्ने निर्णय गरेको हो ।
बैठकले धनकुटा, सुनसरी लगाएत छिमेकी जिल्लामा कोरोना फैलिरहेकोले ती जिल्लाहरुसंग समन्वय गरेर यात्रु तथा सवारी साधन प्रवेशमा कडाई गर्ने निर्णय गरेको छ ।
त्यस्तै जिल्लामा मदिराजन्य पदार्थ विक्रीमा रोक लगाईको छ, भने मासु पसल, बधशाला, ब्युटिपालर, शैलुन लगाएतका पसलहरुलाई अर्को निर्णय नभए सम्मको लागि बन्द गर्ने निर्णय गरिएको छ । संक्रमणलाई ध्यानमा राख्दै जिल्लाका विभिन्न ठाउँमा लाग्दै आएका हाटबजारहरु अर्को निर्णय नभए सम्मको लागि बन्द निर्णय भएको छ । तर सदरमुकाममा तरकारी विक्रीका लागि भने अन्य सबै दिन पनि आबश्यक मापडण्ढ पुरा परेर विक्री गर्न सक्ने व्यवस्था मिलाईएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।
‘जिल्लामा कोराना संक्रमण नियन्त्रणका लागि विभिन्न महत्वपूर्ण निर्णय गरिएको छ, सदरमुकाममा शनिबार र बुधबार लाग्ने हाटबजारसंगै अन्य स्थानीय तहमा लाग्ने हाटबजार अर्को निर्णय नभए सम्मको लागि बन्द गर्ने निर्णय गरिएको छ, भने अन्य जिल्लाबाट तरकारी ल्याउनमा रोक लगाउदै स्थानीयलाई तरकारी विक्रीका लागि सप्तधारा मुनीको भागमा आवश्यक मापडण्ढ पुरा गरेर सबै दिन विक्री गर्न सक्ने व्यवस्था मिलाएका छौ ।’ सहायक प्रजिअ लुइटेल भने ।
आज मात्र निर्णय भएकोले सूचना प्रवाहमा ढिलाई भएको कारण भोली अर्थात (भदौ ६ गते शनिवार) सदरमुकाममा लाग्ने शनिबारे हटिया भने आवश्यक मापदण्ढ सहित सामाजिक दुरी कामय गरि विक्री वितरण गर्न दिइने उनले जानकारी दिए ।
सहायक प्रजिअ लुइटेल भने‘ आज मात्र निर्णय भयो, सूचना प्रवाहमा समस्या भएको कारण भोलीको शनिवारे हटिया भने लाग्छ त्यसपछि भने अर्को निर्णय नभएसम्मको लागि बन्द हुन्छ,  अन्य स्थानीय तहमा लाग्ने हाट बजारको हकमा भने न्यूनतम स्वास्थ्य मापदण्ड पुरा गरी हप्तामा एक पटक लगाउन सक्ने गरी व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार