भोजपुरको किमालुङमा आगलागी हुँदा ३० लाखको क्षति


भोजपुर,२९ साउन ।
भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा आगलागी हुँदा रु. ३० लाख बराबरको क्षति भएको छ । बुधबार दिउँसो स्थानीय अमृत बहादुर श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीमा नगद रु. दुई लाख सहित १५ मुरी मकै, २० क्विन्टल आलु, लगा कपडा, भाडावर्तन लगाएत सम्पूर्ण सामग्री जलेर नश्ट हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार