७२ वर्षमा मात्र पाइन भोजपुरकी ‘हिरा’ले नागरिकता


भोजपुर, २७ साउन । नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित एक एकलमा महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । ७२ वर्षको उमेर हुँदा समेत नागरिकता नहुँदा राज्यको सुविधा पाउन नसकेकी हिरा राईले ७२ वर्षको उमेरमा नागरिकता पाएकी हुन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –८ गोगेने माईती भई स्थायी रुपमा रामप्रसादराई गाउँपालिका –४ दलगाउँ बस्दै आएकी राईलाई मंगलबार जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको हो । वडा कार्यालयको फिरारिसमा उनलाई बंशजको आधारमा नागरिता दिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

प्रजिअ पुरीले भने,‘ यस अघि नै नागरिकताको लागि पहल हुनु पर्ने हो, तर त्यो के कारण हुन सकेन, ढिला चाँही भएको नै हो । तर बृद्ध अवस्थामा नागरिकता नभएको कारण राज्यको सेवा सुविधाबाट बञ्चित भएको थाहा पाएपछि मैले नागरिकता वितरणको लागि पहल गरेर आज वितरण गरियो । अव उहाँलाई राज्यबाट पाउने सेवा सुविधा लिने बाटो खुलेको छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार