ट्रयाक्टर दुर्घटनामा चालकको मुत्यु


भोजपुर, १९ साउन ।भोजपुरको आमचोक गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । आमचोक– ३ को हागातुङ सडक खण्डमा बयाङबाट वालांखा तर्फ जादै गरेको १–०२–००३ त ५८८ नम्बरको टयाक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय दिपक कुवँरको आइतबार राती उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते हुनेमा १४ वर्षीय नबहाङ राई, १६ वर्षीय विकास कुवँर र ४० वर्षीय टंक कुँवर  रहेका छन् । उनीहरुको धरान स्थिति विपी कोराइराला स्वास्थ्य विज्ञान प्रतिठानमा धरानमा उपचार भईरहेको प्रहरीको भनाइ छ ।त्यस्तै सहचालक सहित दुईजना भने सामान्य घाईते भएका छन्  । ट्रयाक्टर अनियन्त्रित भई र सडकबाट तीन सय मिटर तल झरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार