भोजपुरमा बाढीले घर बगाउँदा घाइते भएका तीन जनालाई हेलिकप्टर मार्फत धरान लगियो


भोजपुर,१३ साउन ।
भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेमा बाढीले घर बगाउँदा घाइते भएकालाई हेलिकप्टर मार्फत उपचारको लागि लगिएको छ ।
आज(मंगलबार) विहान करीब ६ः३० बजे अविरल वर्षापछि चिर्खुवा खोलामा आएको बाढीले बगाउँदा घाइते भएका स्थानीय २४ वर्षीय अमृत घले, श्रीमती २० वर्षीय अनिषा घले र १८ महिने छोरी आयुषा घलेलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।स्थायी घर षडानन्द नगरपालिका–४ भएपनि उनीहरु चिर्खुवा हाईड्रोपावरको क्याम्प भएको स्थानमा पसल गर्दै आएका थिए । घाइते तिनै जनाको दिंला स्थित षडानन्द फार्मेशीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिनुभयो ।

तीनै जनालाई चिर्खुवा स्थित खोलामा किनारबाट प्रहरीले घाइते अवस्थामा उद्धार गरेको थियो । बाढीले घले परिवारको घर सहित पसल बगाउँदा करीब रु. एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार