देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको लागि बैचारिक धाराणाको विकास गर्नु पर्छ : सांसद किराँती


भोजपुर, ६ साउन ।
भोजपुरका संघीय सांसद सुदन किराँतीले देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको लागि सकारात्मक रुपमा बैचारिक धाराणाको विकास हुुनु पर्ने बताएका छन् । मंगलबार रामप्रसादराई गाउँपालिकाको ओख्रेमा ओख्रे युवा क्लवको आयोजनामा भएको ‘‘वर्तमान समयमा युवाको भूमिका’’ बिमर्श कार्यक्रमलाई सम्वोधन गर्दै सांसद किराँतीले यस्तो धाराणा राखेका हुन् ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका सांसद किराँतीले देशमा राजनितिक परिवर्तनको लागि धेरै बैचारिक र संगठानिक त्याग भएको बताउँदै, देश अहिले केहि मात्रामा विकासको गति तर्फ लागेको भएपनि हाल उत्पन्न भएको राजनितिक पार्टी भित्रको गतिरोधले जनतामा निराशा बढ्दै गएको बताए । सांसद किराँतीले भने,‘ देशमा धेरै बैचारिक र संगठानिक त्याग भएको छ, जसको प्रतिफलको रुपमा देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ, राजनितिक बलिदानका कारण देशको व्यवस्था फेरिएको छ, तर हामीले जनताको भावना र इच्छा अनुसार काम गर्न सकिएन र आपसी मनमुटावमा रुमलिआँै भने त्यहाँ खतरा हुन सक्छ ।’
उच्च नेतृत्वमा देखिएको समस्यामा कारण देशले सोचे अनुसार विकासमा गति लिन नसकेको बताउँदै, यो समयमा  बैचारिक बिमर्श सबै ठाउँमा हुन आवश्यक रहेको धारणा राखे ।‘बैचारिक बिमर्श चोकचोक, टोलटोल स्कुल स्कुल, मेलापात हुँदै राष्ट्रव्यापी रुपमा लाखौँ लाखको संख्यामा गर्नु पर्दछ, बिचारको ठोस संश्लेषण गरेर आर्थिक विकास र समाज रुपान्तरणको बाटोमा ढिला नगरि लाग्न आवश्यक छ ।’सांसद किराँतीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार