पार्टी नेतृत्वलाई नेकपा भोजपुरको ध्यानकर्षण (विज्ञप्ती सहित)


भोजपुर, १९ असार ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि भोजपुरले पार्टी एकतालाई मजबुद बनाएर अघि बढ्न केन्द्रिय नेतृत्वलाई ध्यानकर्षण गराएको छ । एक विज्ञप्ती जारी गर्दै केन्द्रको स्थायी कमिटिको बैठक मार्फत सृजना भएको पार्टी भित्रको विवादले पार्टीपंक्ति शुभचिन्तक तथा आम नागरिकमा चिन्ता उत्पन्न भएकोले पार्टी एकतालाई सुढृद बनाएर अघि बढ्न लागि ध्यानकर्षण गराएको हो ।
पार्टी एकताले जनतामा आशा भरोसा बढि रहेको अवस्थामा उच्च तहका नेताहरुमा देखिएको किचलोले समस्या उत्पन्न हुने भन्दै पार्टीका शिर्ष नेताहरुलाई विवेकपूर्ण निर्णय लिन आग्रह गरिएको छ ।
विज्ञप्ती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार