पौवादुङमा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न, कृषि र स्वास्थ्यलाई पहिलो प्राथमिकता


भोजपुर, १० असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘खानेपानी, सडक , विद्युत, कृषि, पर्यटन, संचार, खेलकुद, स्वास्थ्य, शान्ति सुरक्षा र शिक्षा पौवादुङमाबासीहरुलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने नारा सहित आर्थिक वर्ष २०७७/२०७८ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै ३२ करोड २९ लाख ७ हजार ८५० बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले गत वर्ष झै यस बर्ष पनि कृषि र स्वास्थ्यलाई पहिलो प्राथमिकता राख्दै बजेट निर्माण गरेको छ ।

आर्थिक विकास तर्फ एक करोड ६२ लाख ३४ हजार सामाजिक विकास तर्फ, एक करोड ७५ लाख १२ हजार, पूर्वाधार विकास तफर्, दुई करोड १० लाख ४२ हजार बजेट विनियोजन गरेको छ । त्यस्तै वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५२ लाख २१ हजार, संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ २३ लाख १० हजार, विद्यायन समिति तर्फ ५ लाख २१ हजार, वडा समिति अनुदान तर्फ तीन करोड ८० लाख ९६ हजार विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

ससर्त संघीय तर्फ १४ करोड ७७ लाख, प्रदेश ससर्त अनुदान १८ लाख ६० हजार, समपूरक अनुदान प्रदेश सरकार, एक करोड र गाउँपालिकाको चालु ६ करोड २४ लाख ११ हजार ८५० गरी कुल ३२ करोड २९ लाख ७ हजार ८५० बराबरको बजेट निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिईन् ।

गाउँपालिका अध्यक्ष किरण राईले कोरोना भाइरस नियन्त्रण अहिलेको चुनौती रहेको बताउँदै, त्यसलाई पनि मध्ये नजर गर्दै गाउँपालिकाको सबै क्षेत्रलाई समेटेर बजेट तयार गरेको जानकारी दिए ।गाउँपालिकाकाले आफ्नो क्षेत्रका सवै समस्याको विषयलाई ध्यानमा राख्दै आफ्नो स्थानीयलाई सरकारलाई आएको सिमित बजेटलाई अधिकतम रुपमा जनतालाई लाभ पुग्ने ढंगबाट नीति तथा कार्यक्रम तयार गरिएको बताए ।

अध्यक्ष राईले भने,‘हाम्रो गाउँपालिकामा धेरै समस्या छन्, पौवादुङमालाई समृद्ध बनाउने हामीसंग धेरै योजनाहरु छन्, तर हामीसंग आएको सिमिति बजेटले हामीले परिकल्पना गरेका सम्पूर्ण योजना पुरा गर्न कठिन छ, यदपी प्राप्त बजेटलाई उचित ढंगले जनताको हितमा खर्च गर्ने गरी विनियोजन गरेका छौ, पौवादुङमाबासीलाई स्थानीय सरकार भएको अनुभुति गराउन सफल भएका छौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार