फोटो फिचर – पौवादुङमा गाउँपालिकामा ‘पोषण राहत कार्यक्रम’ अन्तर्गत यसरी वितरण हुँदैछ पौष्टिक आहार….


भोजपुर, ५ असार ।

भोजपुरको पौवादुङमा गाउँपालिकामा पोषण राहत कार्यक्रम अन्तर्गत सुत्केरी तथा गर्भवती महिलालाई पोषणयुक्त सामग्री वितरण कार्यक्रम जारी रहेको छ । शुक्रबार गाउँपालिका केन्द्र च्याङ्ग्रेका २८ जना महिलालाई पोषण सामग्री वितरण गरिएको गाउँपालिक उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् ।

महिलालाई स्थानीय स्तरमा उत्पादन भएका घ्यू, एक क्यारेट अण्डा, भटमास, चना, मटर, तोरीको तेल वितरण गरेको छ । त्यस्तै आयोडिन युक्त नून, क्याल्सियम, आईरन चक्की, भिटामिनसंगै नुहाउने तथा कपडा धुने साबुन लगाएत १३ प्रकारका सामग्री पनि वितरण गरेको गाउँपालिकाले जनाएको छ ।सुत्केरी तथा गर्भवती महिलालाई पोषणको अभाव हुन नदिन विगतका वर्षहरुमा पनि गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार पोषणयुक्त सामग्री वितरण गर्दै आएको भएपनि यस वर्ष विषेश गरेर लकडाउनको समयलाई ध्यानमा राखेर स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष राईले जानकारी दिइन् ।
‘लकडाउन सुरु भएको चैत्र ११ गते बाट हाल सम्म ३८ जना सुत्केरी भएका मध्ये ३२ जनाले स्वास्थ्य संस्थामा बच्चा जन्माउनु भएको छ, ६ जनाले भने वडामा बर्थिङ सेन्टर नहुँदा गाउँपालिकामा ल्याउने तयारी गर्दा गर्दै बच्चा जन्माउनु भएको छ, यसलाई पनि हामी शुन्य पार्छौ, गाउँपालिकाका सवै गर्भवती महिलाले नियमित रुपमा स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराई रहनु भएको छ ।’ उपाध्यक्ष राईले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार