भोजपुर हातेमालो सेवा समाज युएइद्धारा राहत वितरण


भोजपुर, २ असार ।
भोजपुर हातेमालो सेवा समाज युएईले कोरोना भाइरस( कोडिभ–१९) कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरेको छ । रोजगारीको शिलशिलामा युएईमा रहेका तर लकडाउनले रोजगारी गुमेका तथा भिजिट भिसामा गएर अलपत्र परेकालाई राहत वितरण गरेको संस्थामा वरिष्ठ उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । युएइको विभिन्न शहरमा समस्यामा परेका ३३ जना भोजपुरे फेला परेको उपाध्यक्ष शेर्पाले बताए ।

राहत बितरणमा अलऐन क्षेत्रमा क्षेत्रीय अध्यक्ष हेम भन्डारी केन्दिय सल्लाहाकार प्रेम शेर्पा क्षेत्रीय सचिब टिकाराम बस्नेत सहितको टिमले जुन १२ तारिकमा पिडितको डेरामै राहत पु¥याएको केन्द्रिय अध्यक्ष भिम थापाले जानकारी दिए । आबुधाबी क्षेत्रमा केन्द्रिय महसचिब रामकुमार तिरुवा र कोषाध्यक्ष अस्मी तामाङ्गको टिमले जुन १३ तारिकमा राहत बितरण गरेको समाजले जनाएको छ ।  साथै १३ तारिक कै दिन दुबई क्षेत्रमा अध्यक्ष थापा ले बितरण गरेका छन् । सस्थामा आवद्ध भएर यो परिस्थिमा साथ सहयोग गर्नै सबै भोजपुर बासी दाजुभाई तथा दिदीबहिनीहरु प्रति सस्थाको तर्फ बाट अध्यक्ष थापाले सबै सहयोगीलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार