भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते


भोजपुर, ३० जेठ ।
भोजपुरमा ट्याक्टर दुर्घटनामा बालिकाको ज्यान गएको छ । रामप्रसादराई गाउँपालिका वडा नम्बर ५ मानेभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा १४ वर्षीय बालिका पुष्पा पराजुलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।
विहिबार राती भित्री सडक खण्डमा को २ त ८७१४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल झर्दा बालिकाको घटना स्थलमा नै ज्यान गएको प्रहरीको भनाइ छ ।
ट्याक्टरमा रहेका अन्य चार जना घाइतेलाई थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाको छ । ट्याक्टर चालक आमचोक गाउँपालिकाका ३५ वर्षीय मानबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार