भोजपुरका विभिन्न सार्वजनिक स्थलमा ५ सय विरुवा रोपिने


भोजपुर २२ जेठे ।  डिभिजन वन कार्यालय भोजपुरद्धारा जिल्लाका विभिन्न सार्वजनिक स्थलमा ५ सय विरुवा रोपिने भएको छ । विश्व वातावरण दिवसको अवसरमा भोजपुरको टुडिखेलसंगै जिल्लाा विभिन्न स्थानमा वृक्षारोपण गरिएको हो ।

वातावरण प्रदुषणका कारण विभिन्न रोगको संक्रमण फैलने भएकाले त्यसको नियन्त्रणमा समेत स्वच्छ बातावरण आवश्यक्ता पर्ने भएकाले हालको लकडाउनको समयमा पनि सामाजिक दुरी कायम गरेर फलफुल तथा विभिन्न प्रजातिका ५ सय विरुवा बृक्षारोपण गरिने डिभिजन वन कार्यालय भोजपुरका निमित कार्यालय प्रमुख श्रीनारायण यादबले बताए । “सुरक्षित जीवनका लागि जैविक विविधता” भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाईएको हो । दिन प्र्रतिदिन विरुवाका माग भएको भए पनि यसको संरक्षण नुहदा भने समस्या भएको प्रमुख जिल्ला अधिकारी बसन्तरा पुरीले बताए ।

वातावरण संरक्षणका लागि स्थानीय स्तर सम्म जनचेतना फैलाउने पर्ने जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ । समाजको तल्लो स्तर सम्म बोट विरुवाको महत्वको विषयमा जानकारी गराउन सके वातावरण संरक्षणमा टेवा पुग्ने जिल्ला समन्वय समिति प्रमुखलक्ष्मण खड्काले बताए । वृक्षारोपण गरेको ठाउँमा जथाभावी गाई वस्तु चराउने गरेकोले विरुवाको संरक्षणमा समस्या हुने गरेको स्थानिय बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार