भोजपुरका ९ स्थानिय तहलाई २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बजेट, कुन स्थानिय तहमा कती ?


 भोजपुर, १७ जेठ  ।
संघीय सरकारले भोजपुरका ९ स्थानिय तहलाई २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । विहिबार अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै भोजपुरलार्ई वित्तिय समानीकरण, सशर्त अनुदान, विशेष र समपुरक अनुदान गरेर २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गर्नु भएको हो।  सरकारले भोजपुरका २ नगरपालिका मध्ये सबैभन्दा धेरै षडानन्द नगरपालिकालाई ४३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने ७ गाउँपालिका मध्ये सबै भन्दा धेरै अरुण गाउँपालिकालाई २९ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै भोजपुर नगरपालिकालाई ३६ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका तर्फ सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकालाई २२ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिकालाई २९ करोड ९ लाख, रामप्रसाद राई गाउँपालिकालाई २८ करोड ४९ लाख, आमचोक गाउँपालिकालाई २७ करोड ४ लाख, हतुवागढी गाउँपालिकालाई २५ करोड ६५ लाख र साल्पासिलिछो गाउँपालिकालाई २५ करोड ११ लाख रुपैंया बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार