सेनको स्मृति दिवसमा प्रेस संगठन भोजपुरद्धारा मास्क र सेनेटाइजर वितरण


भोजपुर, १३ जेठ ।
प्रेस संगठन नेपाल भोजपुरले कृष्ण सेन‘इच्छुक’ को १८ औं स्मृति दिवसको अवसरमा पत्रकार तथा सञ्चार गृहलाई सेनेटाइजर र मास्क वितरण गरेको छ । स्मृतिको अवसरमा कोरोना भाईरस(कोभिड–१९) कारण अन्य कार्यक्रम गर्न सम्भव नभएकोले पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको संगठनका भोजपुर संयोजक राजन राईले जानकारी दिए ।

 आजभन्दा १८ वर्षअघि ०५९ जेठ १३ गते माओवादी सशस्त्र द्धन्द चलिरहेको बेला तत्कालिन महेन्द्र पुलिस क्लबको हिरासतमा पत्रकार तथा साहित्यकार इच्छुकलाई यातना दिएर राज्यपक्षबाट मारिएको थियो। जनपक्षीय पत्रकारिता मार्फत राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको लागि उनको योगदान रहेको छ ।

यसैगरी प्रगतिवादी साहित्यको माध्यमबाट प्रगतिशील चेतना निर्माण, समाज परिवर्तन र रुपान्तरणका लागि पु¥याएको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । उनको शोकाञ्जली (२०४८) इतिहासको यस घडीमा (२०५६) बन्दी र चन्द्रागिरी (२०५८) जस्ता  कृतिहरु प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार