भोजपुरमा ८९ वर्षीय बृद्धाको आरडिटि पोजेटिभ


भोजपुर, ८ जेठ । भोजपुरमा ८९ वर्षीय बृद्धामा कोरोनाको आरडिटि रिपोर्ट पोजेटिभ आएको छ । युरिक एसिडकी विरामी बद्धामा आरडिटि परिक्षण गर्दा पोजिटिभ देखिएको हो । ती बृद्धालाई उपचारको लागि हिजो भोजपुरबाट काठमाण्डौ लगिएको थियो । काठमाण्डौमा रहेको मेडिकियर अस्पतालमा आरडिटि जाँच गर्दा पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए । बृद्धाको आरडिटि रिपोर्ट पोजेटिभ आएपछि उनका परिवारका सात जनाको आरडिटि परीक्षण गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिए । उनीहरु सबैको आरडिटि रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । कोरोनाको संक्रमण छ, छैन भन्ने पुष्टिका लागि अहिले उनको स्वाब संकलन गरेर परीक्षणका लागि राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार