भोजपुरमा चट्याङले पाँच जना घाइते


भोजपुर, ३० वैशाख ।
अबिरल वर्षातसंगै आएको चट्याङले आज (मंगलबार) दिउँसो भोजपुरको पौवादुङमा गाउँपालिकामा पाँच घाइते भएका छन् । घाइते हुनेमा वडा नं–२ तिवारीभञ्याङका स्थानीय ३५ वर्षीय टिकाराम खड्का,

उनकी १२ वर्षीय छोरी अस्मीता खड्का, ६१ वर्षीय रामकुमारी खत्री, ३२ वर्षीय दिनेश खत्री र ३० वर्षीय दिपक दर्जी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।घाइते सबैको स्थानीय रोशन मेडिकल हलमा उपचार भईरहेको प्रहरीको भनाई छ । सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चट्याङको कारण घरमा रहेको विभिन्न विद्युतिय उपकरणमा समेत क्षति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार