कोटको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा


भोजपुर २० बैशाख ।भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोटमा रहेको आहाले सामुदायिक बनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो फष्ट रैफल गण भोजपुरका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा ६ घण्टापछि नियन्त्रणमा लिइएको हो ।आगो नियन्त्रणका लागि नेपाली सेनाको तर्फबाट सह सेनानी ज्ञान बहादुर अधिकारीको नेतृत्वमा ७६ जना, जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा १० जना र सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारबाट सई मेघराज पराजुलीको नेतृत्वमा १३ जना खटिएका थिए । घटना स्थलमा गाउँपालिका अध्यक्ष ध्रुवराज राई र प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी समेत पुगेका थिए । डढेलोले कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार