कोभिड–१९ : भोजपुर पौवादुङमाका युवाहरु समिति गठन गरेर सीमा सुरक्षा गर्दै


भोजपुर, २० बैशाख ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भोजपुरको पौवादुङमा गाउँपालिकाका युवाहरु आफै सीमा सुरक्षामा खटिएका छन् । युवाहरुले समन्वय समिति गठन गरेर गाउँपालिका प्रवेश गर्ने सबै नाकाको सुरक्षाको लागि खटिएका हुन् ।  गाउँपालिका प्रवेश गर्ने प्रमुख नाकाहरु फत्तेपुर, प्याक्ला बेँसी, मानेडाँडा, कावा, चौकीबारी,  भेडाबारी १ मा सुरक्षा दिने जनाइएको छ । त्यस्तै सहायक नाकाहरु छिदुवा संसरे, चौकीबारी दुई, कटहारे, बाह्रबिसे, हात्तिबारे र लसुेनमा पनि युवा परिचालन हुने समितिले जनाएको छ ।
पौवादुङ्मा –६ ठुलोदुम्माका युवाहरुले स्थानीय योगराज राई संयोजक र सरोज राई सचिव रहेको ११ सदस्य समिति गठन गरेर सीमा सुरक्षामा लागेका हुन् । समितिको सस्दयहरुमा महादिप राई, प्रविन राई, सन्तोष राई, अनिल राई, दिप्तीराज राई, प्रदिप राई र सागर राई रहेका छन् । समितिले कोरोना रोकथामका लागि आवश्यक परेको खण्डमा अन्य सहयोग गर्ने समेत निर्णय गरेको सचिव सरोज राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार