भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गयो


भोजपुर,१४ वैशाख ।
भोजपुरको पौवादुङमा गाउँपालिका – ४ कात्तिके बस्ने ५४ बर्षीय बल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे आफ्नै खेतबाट पराल बोकेर घर तर्फ आउदै गरेका कार्कीको बिच बाटोमा परालको भारी बिसाउने क्रममा एक्कासी भिरबाट करिब ३५ मिटर तल झरेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।कार्कीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

स्थानीयले घटनाको विषयमा आज बिहान मात्र प्रहरी चौकी वास्तिममा जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी प्रक्रिया भईरहेको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार