भोजपुरमा पनि भेटिए कोराना संक्रमित, हतुवागढीका युवकको पीसिआर रिपोर्ट पोजेटिभ


भोजपुर, ११ वैशाख । भोजपुरमा एक युवकमा कोरोना संक्रमण पीसिआर रिपोर्ट पोजेटिभ देखिएको छ  । गत मंलगबार द्रुत परिक्षण विधि (आरडीटी)बाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएका उनको पीसिआर रिपोर्ट पोजेटिभ आएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको मंगलबार द्रुत परिक्षण विधि (आरडीटी)बाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि कोरोनाको थप पुष्टिको लागि स्वाब संकलन गरी बुधबार धरान पठाइएको थियो । गत २०७६ साल फागुन ३० गते साउदीबाट काठमाडौं आएका ती युवक चैत्र ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनलाई (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको छ ।

युवकका परिवारका दुई सहित अन्य ३ जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार