भोजपुरमा आरडिटी पोजेटिभ युवकको सम्पर्कमा रहेका पाँच जनाको रिपोर्ट नेगेटिभ


भोजपुर, १० वैशाख ।
भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना भाइरस आरडिटीमा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ पाइएको छ । उनका बुवा, भाइ र अन्य तीन साथीको बुधबार आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख फडिन्द्र थापाले जानकारी दिए ।
गत फागुन ३० गते साउदी अरबबाट काठमाडौंँ आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनको रिपोर्ट पोजेटिभ देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ती युवकको स्वाब संकलन गरी कोरोना पुष्टिका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताइएको छ ।

भोजपुरमा बुधबार सम्म क्वारेन्टाइनमा ७० जना, होम क्वारेन्टाइनमा १३४ रहेका छन्, भने ३९७ बेडको क्वारेन्टाइन र १४ आइसोलेशन वार्ड निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार