भोजपुरमा १२१ जनाको कोरोना रिपोर्ट नेगेटिभ


भोजपुर, ९ वैशाख । भोजपुरमा हाल सम्म द्रुत परीक्षण विधि (आरडीटी) बाट एक सय बढीको कोरोना भाइरस (कोभिड –१९) को परिक्षण गरिएको छ । विदेश तथा विभिन्न जिल्लाबाट मजदुरी गरेर आएका जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका १२१ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिइएको छ । परिक्षण गरिएकाहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणीन्द्र थापाले जानकारी दिनुभयो ।

अहिले सम्म भोजपुर नगरपालिकाका २८ जना, षडानन्द नगरपालिकाका २१ जना, साल्पासिलिछो गाउँपालिकाका १५ जना, पौवादुङमा गाउँपालिकाका २५ जना, आमचोक गाउँपालिकाका ८ जना, टेम्केमैयुङ गाउँपालिकाका ९ जना, अरुण गाउँपालिकाका १३ जना र रामप्रसादराई गाउँपालिकाका दुई जनाको आरडीटी परीक्षण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार