समस्यामा परेका नागरिकलाई सम्पर्कमा आउन गाउँपालिकाको अनुरोध, सम्पर्क नम्बर सार्वजनिक


भोजपुर, ५ वैशाख ।  भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नो क्षेत्र बाहिर रहेका नागरिकहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको कारण समस्यामा परेका गाउँपालिकाका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।

कामको शिलशिलामा गाउँपालिका बाहिर रहेका नागरिकलाई लागि तीन वटा नम्बर सार्वजनिक गर्दै समस्यामा परेको भए आफु रहेको गाउँटोल, सम्पर्क नम्बर, ठेगाना टिपाउन गाउँपालिका अध्यक्ष किरण राईले अनुरोध गरेका छन् । अध्यक्ष राईले भने,‘जारी लकडाउनका कारण धेरै मानिसहरु भोकभोकै परेको समाचार आईरहेका छन्, हाम्रो स्थानीय तहले यो अवस्थामा नागरिकलाई समस्या नहोस् भन्नका लागि विभिन्न ढंगले काम गरिरहेको छ, राहत वितरणको लागि नागरिकहरुको तथ्याङक संकलन भइसकेको छ, कोहि नागरिक गाउँपालिका बाहिर गएर समस्यामा परेको भए चाडो भन्दा चाडो सम्पर्कमा आउन हामीले आधिकारिक नम्बर सार्वजनिक गरेका छौ, कोहि पनि नागरिक भोकभोकै बस्न नपरोस् भनेर स्थानीय सरकार गम्भिर भएर लागेको छ ।’ गाउँपालिकाको निर्णय अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई जुन ठाउँमा रहेपनि त्यहाका स्थानीय तहसंग समन्वय गरेर समस्याको समाधान गरिने अध्यक्ष राईको भनाई छ ।
समस्यामा परेका नागरिकलाई सम्पर्कमा आउनका लागि गाउँपालिकाले प्रमुख प्रशासकिय अधिकृत रमेश राई, (९८४२२८५४३१), सूचना अधिकारी ज्ञानु दाहाल (९८१९०६१०९५) र सूचना प्रविधि अधिकारी मुकेश राई (९८६०७८१६९०) को नम्बर सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार