कोभिड–१९ : भोजपुरमा तीन कैदमुक्त


भोजपुर, २३ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिलाई मध्ये नजर गर्दै जिल्ला कारागार कार्यालय भोजपुरका तीन जना कैदी छुटेका छन् । बहुविवाह मुद्धामा जेल जिवन विताईरहेका उनीहरुलाई बाँकी अवधीको कैदको रकम भुक्तान गरेपछि आज (आइतबार) कैदमुक्त गरिएको जिल्ला कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र आधिकारीले जानकारी दिए । एक/एक वर्ष कैद सजाय तोकिएकोमा ८ महिना १२ दिन कैद भुक्तान गरि बाँकी तीन महिना १८ दिनको रकम भुक्तान गरी दुई जना र दुई दिन कैद भुक्तान गरी बाँकी ३ सय ६३ दिनको रकम भुक्तान गरेपछि एक महिला कैदमुक्त भएको कारागार कार्यालय भोजपुरले जनाएको छ ।

कैदमुक्त हुनेमा आमचोक गाउँपालिकाका दुई र हतुवागढी गाउँपालिका बस्ने एक जना रहेका छन् । भोजपुर कारागारमा ९७ पुरुष, १४ महिला र तीन आसृत नाबालक गरी १११ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार