सिक्रेटार वडा कार्यालयले बनायो क्वारेन्टाइन


भोजपुर, १४ चैत्र ।
कोरोना भाइरस अर्थात (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरको अरुण गाउँपालिका – ७ सिक्रेटारले क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन वडा कार्यालयले सम्पूर्ण सुविधा सहितको क्वारेन्टाइन निर्माण गरेको हो । वडामा रहेको सामुदायिक भवनमा वडाको लगानीमा क्वारेन्टाइन निर्माण गरेको वडाध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए ।

वडाध्यक्ष अधिकारीले भने‘ विश्वभर फैलिरहेको कोरोनाको बारेमा हामी गम्भिर भएर लागेको छौ, यसबाट बच्नको लागि हामीले सवै खालका कार्यक्रम सहित स्थानीयलाई सजक बनाउदै विभिन्न खालका गतिविधिहरु सञ्चालन गरिरहेका छौ, त्यसैलाई मध्यनजर गर्दै आवश्यक मापडण्ड अनुसारको क्वारेन्टाइन निर्माण गरेका हौ ।’ क्वारेन्टाइन स्थलमा विद्युत,खानेपानी लगायतका उपकरण जडान भइसकेको छ ।
कोरोनाबाट बच्नको लागि वडाले चार हजार बढी निःशुल्क मास्क वितरण गरिसकेको छ ।

वडा कार्यालयले आफ्नो क्षेत्रका नागरिकलाई भिडभाडमा नजान आग्रह गर्दै अन्य क्षेत्रबाट आउने मानिसहरुलाई अनिवार्य मास्क लगाउन समेत अनुरोध गरेको छ । योसंगै भोजपुर नगरपालिका वडा नम्बर –१२ मा रहेको पर्यटन सूचना केन्द्रमा ४० र भोजपुर नगरपालिका– ६ देउरालीमा रहेको सुम्निमा पोलिटेक्निक इन्ष्टिच्यूटको क्वाटरमा ६० बेड क्षमताको क्वारेन्टाइन निर्माण भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार