गोकुल बास्कोटा निवासमा विस्फोट गराएको अभियोगमा ३ पक्राउ


काठमाडौं, ७ चैत, । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनोहराफाँटस्थित निवासमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ कार्यकर्ता पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई नियन्त्रणमा लिएको हो । महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रमुख सहकुल थापाले काठमाडौंका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अनलाइनखबरलाई जानकारी दिए ।‘विस्फोटको घटनामा संलग्न रहेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ,’ अपराध महाशाखा प्रमुख थापाले भने ।पक्राउ पर्ने तीनैजना विप्लव नेतृत्वको नेकपाका मध्यकमान्डअन्तर्गतका हुन् । उनीहरूलाई अहिले टेकुमा राखिएको छ ।

पूर्वसञ्चारमन्त्री बास्कोटाको मनहरा फाँटस्थित निर्माणाधीन घरको कम्पाउन्डमा गत फागुन २८ गते बिहान ७ः४५ बजे बम विष्फोट भएको थियो । विस्फोटबाट बास्कोटाको निवाससँगै उनका छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार