भोजपुरमा चट्याङले लाग्दा तीन घाइते


भोजपुर, ७ चैत्र । भोजपुरमा चट्याङका कारण तीन जना घाइते भएका छन् । घाइते हुनेमा टेम्केमैयुङ गाउँपालिका -३ अन्नपूर्ण बस्ने स्थानीय ५७ वर्षीय दुर्गामाया गिरी र ६७ वर्षीय मित्रशोभा गिरी रहेको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ । दुवै जनाको मुखबाट रगत आएकोले थप उपचारको लागि जिल्ला अस्पताल भोजपुर ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

दुवै जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ । त्यस्तै षडानन्द नगरपालिका– १० हवल्दार चोक वस्ने ५० वर्षीय विष्णुमाया राई पनि घाइते भएको प्रहरीको भनाई छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार