प्राकृतिक स्रोत द्धोन्द रुपान्तरण केन्द्र नेपाल भोजपुरको जिल्ला संवाद समितिको बैठक सम्पन्न


भोजपुर ४ चैत्र ।
प्राकृतिक स्रोत द्धोन्द रुपान्तरण केन्द्र नेपाल भोजपुरको जिल्ला संवाद समितिको बैठक सम्पन्न भएको छ । मगंलबार जिल्ला समन्वय समिति भोजपुरको बैठक कक्षमा संवाद समितिको बैठक गरिएको हो । बैठकमा प्राकृतिक स्रोत द्धोन्द्र रुपान्तरण केन्द्र नेपाल भोजपुरले जिल्लामा अहिले सम्म गरेका कामको विषयमा जानकारी गराएको छ । जल, जमिन र जङ्गलमा देखिने विवादलाई समाधान गर्न स्थापना भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल भोजपुरले आफ्नो कामलाई तीव्रता दिँदै आएको बताएको छ । केन्द्रले अहिले सम्म ७ वटा वहु सरोकारवाला विवाद रुपान्तरण गरेको प्राकिृतिक स्रोत द्धोन्द रुपान्तरण केन्द्रका राष्ट्रिय स्रोत व्यक्ति राजन राईले जानकारी दिए । त्यस्तै भोजपुरको २ नगरपालिका र ७ गाउँपालिकाको न्यायिक समितिलाई सामुदायिक मेलमिलापको तालिम दिई विवाद रुपान्तरण प्रक्रयामा सहयोग गरेको छ भने जिल्लाको हतुवागढि गाउँपालिका र रामप्रसाद राई गाउँपालिका बाहेकका स्थानीयतहमा सम्बन्धीत पालिकाको आर्थिक सहयोगमा सामुदायिक मेलमिलाप सम्वन्धी आधारभूत तालिम सम्पन्न गरी २ सय जना मेलमिलापकर्ताहरु उत्पादन गरेको स्रोत व्यक्ति राईले जानकारी दिनु भयो । कार्यक्रममा सहभागीले जल, जमिन र जङ्गलमा देखिने समस्या तथा विवाद जटिल किसिमको हुने र यस्ता समस्यालाई समाधान गर्न केन्द्रको महत्वपुर्ण भूमिका रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार