हत्या अभियोगमा दुई जनालाई जन्मकैदको फैसला


भोजपुर, २ चैत्र ।
जिल्ला अदालत भोजपुरले हत्या गरेको अभियोगमा दुई जनालाई जन्म कैदको फैसला सुनाएको छ ।अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिकावडा नम्बर – २ छिनामखु खैलाका२१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिम बहादुर कार्कीलाई जन्म कैदको फैसला गरेको हो ।

अभियुक्तद्धोयले गत श्रावण ८ गते खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर –१ फेदि घर भएकी ४८ वर्षीय भइमाया राई (गुरुङ) को कुटपीट गरी हत्या गरेको अदालतले जनाएको छ ।उनीहरुलाई जिल्ला न्यायाधिस गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा १ विपरीतको कसुर गरेबापत सोहि ऐनको १७७ (२) बमोजीम जन्मकैद र जाहेरवाला डम्बर गुरुङलाई प्रतिवादीबाट जनही रु.५० हजार क्षतीपूर्ती भराउने समेत फैसला भएको अदालतले जनाएको छ ।

उनीहरुले सामान्य विवादपछि उल्टो पट्टीबाट खुकुरी प्रहार गरिघाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले हत्या गरेको ८ दिनपछि गत श्रावण १६ गते पक्राउ गरेको थियो । अदालतले गत मंगलबार फैसला गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार