भोजपुरमा मुढाले किच्दा एक गम्भिर घाइते, ४ जना प्रहरी नियन्त्रणमा


भोजपुर, १ चैत्र ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका -२ नौलेगाउँमा काठको मुढाले किच्दा एक जना गम्भिर घाइते भएका छन् । दाउरा काट्ने क्रममा १०० मिटर माथिबाट लडेर आएको मुढाले किच्दा सडकमा काम गरिरहेका मजदुर बाँके घर भएका ४० वर्षीय सहितराम चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजबंशीले जानकारी दिए । घाइतेको टाउकोमा गहिरो चोट लागेको छ । घाइते चौधरीको अवस्था गम्भिर रहेकोले भोजपुरमा उपचार हुन नसकेपछि शुक्रबार साँझ नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीको भनाई छ । मुढा पल्टाउने स्थानीय ३३ वर्षीय गोविन्द राई, १७ वर्षीय बिनोद राई, ३६ वर्षीय शुभराज राई, र २६ वर्षीय शर्मिला श्रेष्ठलाई इलाका प्रहरी कार्यालयले दिल्पाले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार