आजको मौसम : चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना


काठमाडौ, ३० फागुन । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण दुईदिन हावाहुरी र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हावाहुरीसहित चट्याङ पर्ने सम्भावना पनि रहेको छ ।पश्चिमी वायुको प्रभाव आजदेखि पूर्वी र मध्य पहाडी भूभागमा पर्ने महाशाखाले बताएको छ । त्यसपछि हिमाली क्षेत्रमा हिमपात पर्न सक्ने अनुमान रहेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी

भूभागलगायत मध्यका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार