कुवेतबाट फर्किएका नेपाली पाटन अस्पतालको आइसोलेसनमा


काठमाडौं । कुवेतबाट फर्किएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । सोमबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि पाटन अस्पताल लगिएको थियो । उनको नमुना परीक्षण भएको छैन । विमानस्थलमा शंकास्पद विरामी आएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगिने भए पनि कुवेतबाट फर्किएका ती नेपालीलाई भने पाटन लगिएको हो । यहाँ बेड खाली छैन भन्ने म्यासेज बाहिर गएकाले पाटन पठाइएको रहेछ, तर यहाँ पनि आइसोलेसन वार्ड खाली नै थियो’ टेकु अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले भने । ती विरामीको मंगलबार नमुना परीक्षण गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार