१०१ मुलुकमा कोरोना भाइरस सङ्क्रमण


पेरिस, २५ फागुन । विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ ।

ग्रीनविच समय अनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहेको र ३९ जनाको मृत्यु भएको बताइएको छ । डिसेम्बरमा चीनको मध्य क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएपछि विश्वभर चिन्ताको बिषय बनेको यस स्वास्थ्य समस्याका कारण एशियामा सबैभन्दा बढी ८९ हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण शनिबारसम्म एशियामा तीन हजार १६२ जनाको मृत्यु भएको छ । त्यस्तै यूरोपमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ हजार ६६५ रहेको छ भने २६३ जनाको मृत्यु भएको छ ।

मध्यपूर्वमा छ हजार १५८ सङ्क्रमित व्यक्ति रहेका छने भने १४९ को मृत्यु भएको छ । अमेरिका र क्यानडामा गरी कूल २७० जनामा सङ्क्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार