भोजपुरमा विप्लव समूहका विद्यार्थी नेता पक्राउ


भोजपुर,२४ फागुन ।भोजपुरबाट नेत्रविक्रम चन्द विप्लव समूहका विद्यार्थी नेता पक्राउ परेका छन् ।

प्रहरीले विप्लव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) भोजपुर जिल्ला समिति सदस्य आत्मा राईलाई पक्राउ गरेको हो । राईलाई आज (शनिबार) भोजपुरको पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए । राईको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । राईलाई सो स्थानमा लुकीछिपीको बसेको भन्ने सूचनाको आधारमा गएको प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले केहि दिन अगाडी विप्लव समूहका जिल्ला सदस्य सुमित परियारलाई भोजपुरको कोटबाट नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार