उपत्यकामा १४ हजार ग्यास सिलिण्डर थपिँदै, आयल निगम भन्छ– कसैको सिलिण्डर रित्तो हुँदैन


काठमाडौं २४ फागुन । खाना पकाउने एलपी ग्यास नपाइने त्रासमा काठमाडौंको अनामनगरमा उपभोक्ताहरु शुक्रबार लाइनमा बसे । चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक यसरी उपभोक्ताहरु सिलिण्डर बोकेर लाइनमा बसेका हुन् । अब ग्यास पाइँदैन कि भन्ने त्रास आम जनतामा छायो । कोरानाका कारण नाकाबन्दीमा जस्तै ग्यासको अभाव हुने डरले आफूसँग रहेको रित्तो सिलिण्डर भर्न लाइनमा बसेको उनीहरुले बताए । मुलकभर ५९ वटा ग्यास उद्योगले उपभोक्तालाई ग्यास बिक्री गर्छ । तर, शुक्रबार लाईनमा बस्ने उपभोक्ताले नेपाल ग्यास कम्पनीको रित्तो सिलिण्डर बोकेका थिए ।

नेपाल ग्यासमै किन लाइन ? काठमाडौं उपत्याकामा सबैभन्दा धेरै सिलिण्डर र डिपो सञ्जाल भएको ग्यास बिके्रता कम्पनी नेपाल ग्यास प्रालि हो । यो कम्पनीसँग उपत्यकामा मात्रै साढे ६ लाख वटा सिलिण्डर रहेको कम्पनीका प्रमुख गोकुलप्रसाद भण्डारीको दाबी छ । काठमाडौं उपत्यकाभित्र कम्पनीका ६ सय वटा ग्यास बिक्रेता डिलर छन् । कम्पनीले हरेक दिन दैनिक साढे ८ हजार भरिएका सिलिण्डर बजारमा पठाउने गरेको भण्डारी बताउँछन् । अन्य ग्यासको तुलनामा सजिलै र नजिकको दुरीमा पाइने भएपछि काठमाडौंको धेरै उपभोक्तामा नेपाल ग्यासप्रति आकर्षण रहेको भण्डारीको दाबी छ ।‘ अन्य कम्पनीको सिलिण्डर भएका ग्राहकसँग पनि वैकल्पिकमा नेपाल ग्यासको सिलिण्डर छ,’ उनले थपे ‘अहिले खाली रहेको त्यही सिलिण्डर भर्न उपभोक्ताहरु लाइनमा बसेका हुन् ।’

बिक्रेताको आग्रह लाइन नबस्नुस् ? नेपाल ग्यासले खालि सिलिण्डर बोकेर लाईन लाग्न नआउन आफ्ना उपभोक्तालाई अनुरोध गरेको छ । कम्पनीले मासिक २६ सय टन ग्यास बिक्री गर्ने गरेको र यसमा कुनै कमि नभएको कम्पनीले स्पष्ट पारेको छ । हामीले आफ्नो क्षमता अनुसारको आयात र बिक्रि नियमित रुपमा गरिरहेका छौं, खाली सिलिण्डरले आतंक सिर्जना नगरिदिनुस् ग्यास उपलब्ध हुन्छ’ कम्पनीका प्रमुख भण्डारीले अनलाइनखबरसँग भने । भारतबाट ग्यास आयातमा कुनै समस्या नभएको भन्दै उनले अनावश्यक रुपमा ग्यास भण्डारण गरेर जोखिम नबढाउन पनि उपभोक्तालाई आग्रह गरे । नेपाल ग्यासले सबै उपभोक्तालाई नियमितरुपमा ग्यास दिने भन्दै भण्डारीले ग्यास नपाइने त्रास त्याग्न उपभोक्तालाई सुझाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार