चट्याङ लागेर एकको मृत्यु


डोटी, २२ फागुन । चट्याङ लागेर डोटीको सायल गाउँपालिका– २, सिर्मामा एक जनाको ज्यान गएको छ ।बुधबार साँझ करिब ६ः३० बजेतिर परेको चट्याङले लागेर स्थानीय ६० वर्षीया जस्मादेवी ओलीको मृत्यु भएको हो ।

गोठमा गाईबस्तु बाँध्न गएका बेला चट्याङ लागेर ओललीको मृत्यु भएको सायल गाउँपालिका–२ का वडासदस्य मोहन ओलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार