प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भोजपुरमा पनि दीप प्रज्वलन


भोजपुर, २१ फागुन । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । बुधबार भोजपुर सदरमुकाममा राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।  प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान दिएकी हुन् । प्रधानमन्त्री ओली र समीक्षाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बुधबार साँझ देश भर दीप प्रज्वलन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार