भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


भोजपुर, २१ फागुन ।
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । पौवादुङमा गाउँपालिकाको श्यामशिलाबाट सामान बोकेर तिवरीभञ्याङ तर्फ जादै गरेको को २ त ५९९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिकाको वडा नं. १ घर भएका सहचालक २६ वर्षीय जनक भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका भुजेललाई उपचारको लागि विपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मंगलबार राती बाटोमा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका चालक २५ वर्षीय महेन्द्र विकको धरानमा उपचार भईरहेको छ । ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार