भोजपुर क्याम्पस प्रकरण : ७२ घण्टा भित्र समस्याको समाधान गर्न स्ववियूको माग


भोजपुर, २१ फागुन ।
भोजपुर क्याम्पसको पाठनपाठन सुचारु गर्न विद्यार्थीहरुले माग गरेका छन् । पठनपाठन सुचारु गर्न भन्दै स्वतन्त्र विद्यार्थी यूनियनले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार सम्मेलन गरेको छ,

भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटि भोजपुरले ध्यानकर्षण पत्र बुझाएको छ । गत १६ गतेबाट आंशिक शिक्षकले करार माग राख्दै ‘पेन डाउन’ गरेपछि ठप्प भएको पाठनपाठनलाई तत्काल निरन्तरता दिन विद्यार्थीले दबाव दिएका हुन् ।

स्ववियूले ७२ घण्टा भित्र क्याम्पसको समस्या समाधान गरि विद्यार्थीलाई पढ्ने वातावरण बनाईदिन सरोकारवाला पक्ष समक्ष माग राखेको छ । यदि वेवास्ता गरिएमा आन्दोलनमा जाने समेत विज्ञप्ती मार्फत जानकारी दिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार